एसिया कपमा नेपालविरुद्ध जितका लागि भारतले १ सय ४५ रनको लक्ष्य पाएको छ।
श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा वर्षाका कारण खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य पाएको हो।
भारतले १ सय ४५ को लक्ष्य २३ ओभरमा भेट्टाउनुपर्नेछ।
ग्राउण्ड स्टाफसँगको छलफलपछी अम्पाएरले दुवै टोलीका कप्तानसँग छलफल गरेपछि ओभर घटाएका हुन्।
नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकीएको हो।
२.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ।
ओपनर तथा कप्तान रोहित शर्मा ४ र शुभमन गिल ११ रनमा नटआउट छन्। खेल साढे १० बजे सुरु हुनेछ।
87
Shares
प्रतिक्रिया