साफ यू–१६ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाली युवा टोली बंगालदेशसँग पराजित भएको छ।
भुटानको चाम्लिमिथाङ स्टेडिययममा सोमबार भएको खेलमा नेपाली टोली बगंलादेशसँग १–० गोल अन्तरले पराजित भएको हो।
खेलको पहिलो हाफमा बंगालदेशलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो।
खेलको ४७ औं मिनेटमा मोहम्मद स्माइल होसेनले गरेको गोल नै बगंलादेशका लागि निर्णायक बन्यो।
समूह चरणको दोस्रो खेलमा नेपालले बुधबार भारतसँग खेल्नेछ।
नेपाल रहेको समुह ए मा भारत र बंगालदेश छन्। समुह बी मा आयोजक भुटानसँगै मालदिभ्स र पाकिस्तान छन्। समुहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
96
Shares
प्रतिक्रिया