ad ad

खेल


क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई, भने– सरकार सधैं साथमा रहनेछ

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई, भने– सरकार सधैं साथमा रहनेछ

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १५:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सधैं नेपाली क्रिकेट टोलीको साथमा रहने प्रतिवद्धता जनाएका छन्। शुक्रबार टी–२० विश्वकपमा छनोट भएसँगै क्रिकेट टोलीलाई बधाई दिँदै उनले क्रिकेट टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति उच्च सम्मान व्यक्त गरेका छन्। 

‘टी(२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु।’

साथै, उनले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैं साथमा रहने प्रतिवद्धता जनाएका छन्। 

‘नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्। 

शुक्रबार भएको आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। जुन टी–२० क्रिकेटको इतिहासमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .