ad ad

खेल


विश्वकपको फाइनलमा पुग्न अस्ट्रेलियाले पायो २ सय १३ रनको सामान्य लक्ष्य

विश्वकपको फाइनलमा पुग्न अस्ट्रेलियाले पायो २ सय १३ रनको सामान्य लक्ष्य

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १८:४१, काठमाडौँ

एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को दोस्रो सेमिफाइनल खेलमा साउथ अफ्रिकाले अस्ट्रेलियासमक्ष २ सय १३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

कोलकाताको इडेन गार्डेन स्टेडियममा बिहीबार टस जितेर ब्याटिङ रोजेको साउथ अफ्रिकाले डेबिड मिलरको शतककाबीच अस्ट्रेलियासामु २ बल बाँकी रहँदै सबै विकेट गुमाएर २ सय १२ रन बनाएको हो। मिलरले १ सय १ रन जोडे। 

उनीबाहेक हेनरिच क्लासिनले ४७ रन बनाए। गेराल्ड कोटरेजले १९ रनको योगदान गरे। कुनै समय सबै ब्याटिङ लय गुमाएको साउथ अफ्रिकाका लागि मिलर र क्लासिनले धर्मराएको ब्याटिङ उकासेका थिए। 

१२ ओभरमा २८ रन बनाउँदा साउथ अफ्रिकाले ४ विकेट गुमाइसकेको थियो। त्यसपछि खेलमा क्लासिन र कोटरेजले महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका हुन्। 

यी दुईबीच ९५ रनको साझेदारी भएको थियो। 

अस्ट्रेलियाका लागि मिचल स्टार्क र कप्तान समेत रहेका पेट कुमिन्सले समान तीन तीन विकेट लिए। जोश ह्याज्लउड र ट्राभिस हेडले समान दुई दुई विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .