ad ad

समाज


माली मिसन बन्द गर्ने घोषणापछि फर्किन थाले नेपाली सैनिक

माली मिसन बन्द गर्ने घोषणापछि फर्किन थाले नेपाली सैनिक

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १८:४९, काठमाडौँ

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ पश्चिम अफ्रिकी मुलुक मालीमा तैनाथ नेपाली सेनाको टोली फर्किन थालेको छ।

त्यहाँ तैनाथ नवौं डफ्फाका ८१ जनाको टोलीलाई बिहीबार फिर्ता गरिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

प्रमुख सेनानी चित्रकुमार कार्कीको कमाण्डमा रहेको टोली हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्र संघको चार्टर्ड विमानमा स्वदेश फर्किएको हो। संयुक्त राष्ट्र संघले मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने निर्णय गरिसकेको छ। 

राष्ट्र संघको निर्णयसँगै नेपाली सेनाको कन्टिन्जेन्टमा रहेका १५६ जना एवं स्टाफ तथा पर्यवेक्षकमा कार्यरतसमेत गरी १६८ जना फर्किने क्रममा रहेका छन्। जसमा पहिलो टोली नोपाल आइपुगेको हो। 

नेपाल संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यका लागि विश्वभर तैनाथ मिसनहरूमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रको दोस्रो वरीयतामा छ।

नेपालबाट ५८२ महिला शान्ति सैनिक विभिन्न मिसनमा खटिएका छन्। जुन महिलातर्फ शान्ति सेनामा सबैभन्दा ठूलो संख्या हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .