साविक विश्व विजेता अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को छनोट खेलमा पहिलो हार बेहोरेको छ। शुक्रबार बिहान घरेलु मैदानमै उरुग्वेसँग २–० ले पराजित भएको हो।
खेलको पहिलो हाफमा रोनाल्ड अराउजोको गोलमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा थप आक्रमक बन्दा अर्को गोल खान पुग्यो।
अराउजोले ४१औं मिनेटमा अग्रता दिलाएका थिए। डर्विन नुनेजले ८७ औं मिनेटमा मैदानको मध्यभागबाट अगाडि बढाउँदै गोलमा परिणत गर्दा विश्वविजेता घरेलु दर्शकमाझ स्तब्ध बन्यो।
हारका बाबजुद अर्जेन्टिना तालिकाको शीर्षस्थानमा यथावत् रहँदा उरुग्वेले दोस्रो स्थानमा अंक दूरी बढाएको छ।
समान ५ खेलबाट अर्जेन्टिनाको १२ अंक र उरुग्वेको १० अंक छ।
दक्षिण अमेरिकी छनोटका यसअघि चारवटै खेलमा अर्जेन्टिना विजयी भएको थियो। एक हार र एक बराबरी गरेको उरुग्वेले ३ खेलमा जित हात पारेको छ।
Shares
प्रतिक्रिया