एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियासँग भिड्नु अघि भारतीय क्रिकेट टोलीका कप्तान आफ्ना खेलाडी फाइनलमा भिड्न तम्तयार रहेको बताएका छन्।
फाइनल खेलको एकदिन अघि शनिबार पत्रकार सम्मेलन गरी भारतीय कप्तान रोहित शर्माले फाइनलमा पनि आफ्नो टोली विश्वकपअन्तर्गत अहिलेसम्म जसरी खेल्यो त्यही लय कायम राख्ने दाबी गरे।
उनले भने, ‘हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन हुनेछैन।’
भारतले यस विश्वकपमा आफ्ना सबै लिग खेल जितेको छ। टोलीका शीर्ष ३ ब्याट्सम्यान उत्कृष्ट लयमा छन्। कप्तान रोहित शर्माले ५५० रन बनाएका छन् भने विराट कोहली ७११ रन बनाएर शीर्ष स्थानमा छन्। श्रेयस अय्यरले पनि ५२६ रन बनाएका छन्। यस विश्वकपमा भारतीय टोलीले ७ शतक बनाएको छ। रोहित सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान हुन्।
विश्वकप क्रिकेटको उपाधिका लागि आज आइतबार भारत र अस्ट्रेलियाबीच भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुँदै छ। फाइनल भिडन्त दिउँसो २ बजे सुरु हुनेछ।
यसैबीच अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टिम इन्डियाका फास्ट बलर मोहम्मद शामीको तारिफ गरेका छन्। उनले शमीलाई आफ्नो टोलीका लागि सबैभन्दा ठूलो खतरा भनेका छन्।
Shares
प्रतिक्रिया