ad ad

खेल


जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो

जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो

नेपालखबर
मंसिर ३, २०८० आइतबार १०:२१, काठमाडौँ

जापानलाई ४५ रनले पराजित गर्दै नेपाल चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा तेस्रो भएको छ।

आइतबार हङकङमा तेस्रो स्थानका लागि भएको खेल जितेसँगै नेपालले सिरिजको यात्रा पनि टुंग्याएको छ। 

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो। 

जापानकी ओपनर अकारी निसिमुराले सर्वाधिक २९ रन बनाइन्। हिनासी गोटोले १६ रन थपिन्। 

नेपालकी संगीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनी पाख्रिनले समान एक विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको हो। 

ओपनर पूजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन्। रोमा थापा २२ रनमा रन आउट भइन्। रुविना क्षत्री २१ रनमा रन आउट भइन्। कप्तान इन्दु बर्मा १२ रन बनाउँदा क्याच आउट भइन्।

ओपनर सीता रानामगर ५ रनमा एलबीडब्लू धरापमा परिन्। 

जापानकी एरिका क्विन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक/एक विकेट लिए। 

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। दोस्रो खेलमा घरेलु टोली हङकङसँग ९ विकेटले पराजित हुँदै उपाधि भिडन्तबाट बाहिरिएको थियो। 

अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .