ad ad

खेल


विश्वकप फाइनल : अस्ट्रेलियाले जित्यो टस, भारतले पहिले ब्याटिङ गर्ने

विश्वकप फाइनल : अस्ट्रेलियाले जित्यो टस, भारतले पहिले ब्याटिङ गर्ने

नेपालखबर
मंसिर ३, २०८० आइतबार १३:५४, काठमाडौँ

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध भारतले पहिले ब्याटिङ गर्ने भएको छ।

अस्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि भारतले ब्याटिङ गर्ने भएको हो।

नेपाली समय अनुसार सवा २ बजे सुरु हुने खेलमा अस्ट्रेलिया सर्वाधिक ६ पटक विश्वकप उचाल्ने दाउमा छ। भारत तेस्रो पटक जितको खोजीमा छ।

घरेलु मैदानमा जारी विश्वकपमा भारत अपराजित छ भने अस्ट्रेलिया पनि पछिल्ला आठ खेलमा हारेको छैन। सुरुमा भारतसँगै हारेको अस्ट्रेलिया दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

सेमिफाइनलमा दक्षिण अफ्रिकालाई नै पराजित गर्दै अस्ट्रेलिया फाइनलमा पुगेको हो।

भारतले न्युजिल्याण्डलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .