एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध भारतीय कप्तान अर्धशतक नजिक पुगेर आउट भएका छन्। अर्धशतक बनाउन मात्रै ३ रन आवश्यक हुँदा कप्तान रोहित शर्मा क्याच आउट हुन पुगेका हुन्।
दासौं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका रोहितले तेस्रो बलमा चौका प्रहार गरे। त्यसपछि पनि लामो सट खेल्न खोज्दा ग्लिन म्याक्सवेलको बलमा ट्राभिस हेडले उत्कृष्ट क्याच गरे।
१० ओभरको खेल सकिँदा भारतले २ विकेटको क्षतिमा ८० रन बनाएको छ।
यसअघि अर्का ओपनर शुवमन गिल ४ रनमै आउट भएका थिए। अहिले विराट कोहली र श्रेयस ऐर क्रिजमा छन्।
विराटले २१ बलमा २४ रन जोडेका छन्।
78
Shares
प्रतिक्रिया