ad ad

खेल


सोमबारदेखि सूर्य नेपाल गल्फ टुर

सोमबारदेखि सूर्य नेपाल गल्फ टुर

नेपालखबर
मंसिर ३, २०८० आइतबार १८:१७, काठमाडौँ

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमवारदेखि गोकर्ण गल्फ कोर्समा सुरू हुने भएको छ।

सूर्य नेपाल गल्फ टुर २०२३/०२४ को पहिलो प्रतियोगिताको रूपमा रहेको सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि सुरू हुन लागेको हो।

आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस सिजनको सूर्य नेपाल गल्फ टुरको शुरुवातबारे जानकारी दिएको थियो।

सूर्य नेपाल गल्फ टुर २०२३/०२४ अन्तर्गत कुल आठ वटा प्रतियोगिता छन्। आगामी नोभेम्बर पहिलो प्रतियोगिता सुरु हुनेछ भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपबाट यस सिजनको टुर सम्पन्न हुनेछ।

सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन चार दिनसम्म सञ्चालन हुनेछ। कुल ७२ होलमा प्रतिष्पर्धा हुनेछन्। दुई चरण (३६ होल) को खेलपछि कट नियम लागू हुनेछ। शीर्ष २१ प्रोफेसन र ६ एमेच्योर गल्फर फाइनल (३६ होल) का लागि छनोट हुनेछन्।

शीर्ष २१ भित्र अंक बराबरी भएका गल्फरले पनि फाइनलको यात्रा तय गर्ने प्रावधान छ। सिजनको पहिलो प्रतियोगितामा भुवन नगरकोटी, नीरज तामाङ, धन थापा, सञ्जय लामा र रवि खड्कालाई उपाधि दाबेदारका रूपमा हेरिएको छ।

एमेच्योरतर्फ सद्भाव आचार्य उपाधि दाबेदार हुन्। यो प्रतियोगिताको विजेताले एक लाख ४५ हजार र उपविजेता ९४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुनेले भने ७० हजार रुपैयाँ पाउनेछ। एमेच्योर गल्फरले भने प्रो. को उपाधि जितेमा पुरस्कार भने पाउने छैनन्। उनीहरूले ट्रफीमा नै चित्त बुझाउनु पर्नेछ।

यद्यपि, शीर्ष २१ प्रो गल्फरले भने नगद पुरस्कार पाउनेछन्। यस प्रतियोगिताबाट खेलाडीहरूले कुल आठ लाख ४० हजार रुपैयाँ पुरस्कार रकम पाउनेछन्।

सिजनको आठ प्रतियोगिताबाट भने प्रो.गल्फरले कुल ६४ लाख ३६ हजार एक सय ५० रुपैँया पुरस्कार पाउने आयोजकले जनाएको छ। नेपाल प्रोफेसन गल्फर एशोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले अहिले १७औं संस्करण चलिरहेको र यो आयोजनाले नेपालमा एमेच्योर र प्रो. गल्फरले राम्रो प्रतियोगिताहरू पाइरहेको बताए।

यस टुरबाट नयाँ युवा गल्फर पनि आइरहेको उनको विश्वास छ। टुरको दोस्रो प्रतियोगिता भने आगामी डिसेम्बर २४ देखि रोयल नेपाल गल्फ क्लवमा सुरु हुनेछ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .