ad ad

खेल


भारत जारी विश्वकपमा पहिलोपटक अलआउट

भारत जारी विश्वकपमा पहिलोपटक अलआउट

नेपालखबर
मंसिर ३, २०८० आइतबार १८:४७, काठमाडौँ

एकदिवसीय विश्वकप क्रिकेट २०२३ को जारी फाइनल खेलमा भारतले अस्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ।

अहमदाबादको पीएम नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतीय टोली ५० ओभरमा २४० रन बनाएर अलआउट भयो। यस विश्वकपमा भारतीय टोली पहिलोपटक अलआउट भएको हो। भारतले खेलेका १० वटै खेल जित्दै सहजै फाइनल यात्रा तय गरेको थियो। 

भारतीय टोलीका लागि विराट कोहलीले ५४ र केएल राहुलले ६६ रन बनाए। कप्तान रोहित शर्माले ३१ बलमा ४७ रन बनाएर भारतलाई तीव्र सुरुवात गराए पनि बाँकी खेलाडीले यो गतिलाई निरन्तरता दिन सकेनन्।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए। प्याट कमिन्सले २ विकेट लिए।

थप विवरणविश्वकप जित्न अस्ट्रेलियालाई भारतले दियो २४१ रनको चुनौती

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .