नेपाल सुपर लिग (एनएसएल) मा आज आइतबार नवप्रवेशी वीरगञ्ज युनाइटेड एफसीले साविक उपविजेता धनगढी एफसीको सामना गर्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
वीरगञ्ज यही सिजन एनएसएलमा डेब्यु गर्न लागेको हो। धनगढी भने पहिलो सिजनमा काठमाडौँ रेजर्ससँग पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो।
एनएसएलको पहिलो राउण्डमा काठमाडौँ, पोखरा थन्डर्स र ललितपुर सीटी एफसीले विजयी सुरुवात गरेका छन्।
एनएसएलको दोस्रो संस्करणमा ३ नयाँसहित ९ टोलीले स्पर्धा गर्दैछन्।
27
Shares
प्रतिक्रिया