ad ad

खेल


कुशल भुर्तेलको शतक मद्दतमा नेपाल पुलिस क्लबको विजयी सुरुवात

कुशल भुर्तेलको शतक मद्दतमा नेपाल पुलिस क्लबको विजयी सुरुवात

नेपालखबर
मंसिर १०, २०८० आइतबार १६:१६, काठमाडौँ

कुशल भुर्तेलको शतक मद्दतमा नेपाल पुलिस क्लबले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा विजय सुरुआत गरेको छ।

आइतबार भएको समूह ‘सी’ को पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले पराजित गर्दै पुलिस क्लबले  सेमिफाइनल सम्भावना बलियो बनाएको छ।  

पुलिस क्लबले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १८.२ ओभरमा १ सय १८ रन बनाउँदा अलआउट भयो।

रुपेश सिंहले बनाएको ४० रन नै मधेशका लागि सर्वाधिक रह्यो। २५ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे। इमरान शेखले २२ रन थपे। रोहन विक र राकेश कमातले समान १० रन बनाए।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

मधेशलाई कम स्कोरमा रोक्न करण केसी, सागर ढकाल, रासिद खान र ललित राजवंशीले समान २ विकेट लिए।

कुशल भुर्तेल र सुनिल धमालाले समान १ विकेट आफ्नो नाममा गरे।

त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पु्लिस क्लबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र सुनिल धमलाले १ सय ३८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए।

१६ औं ओभरको अन्तिम बलमा ओपनर कुशल क्याच आउट हुन पुगे। ५७ बलमा ८ चौका र ७ छक्का हानेका कुशलले १ सय २ रनको सर्वाधिक योगदान दिए।

४७ बलमा ४ चौका हानेका सुनिल धमला ४५ रनमा पवेलियन फर्के। करण केसी १६ र कप्तान आरिफ शेख ६ रनमा अविजित रहे। रासिद खान ३, दिलिप नाथ र अर्जुन साउद समान १ रनमा बोल्ड आउट भए।

मधेस प्रदेशका विशाल पटेल र विशाल सुस्लिङले समान २ विकेट लिए। रुपेश सिंहले १ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .