ad ad

खेल


ललितपुर मेयर कप टेबल टेनिस प्रतियोगिता मगंलबारदेखि, पाँच सय खेलाडी सहभागी हुने

ललितपुर मेयर कप टेबल टेनिस प्रतियोगिता मगंलबारदेखि, पाँच सय खेलाडी सहभागी हुने

नेपालखबर
मंसिर १०, २०८० आइतबार १७:३, काठमाडौँ

ललितपुर महागनरपालिका अन्तर वडा टेबल टेनिस प्रतियोगिताको पाचौं संस्करण पर्सि मगंलबारदेखि हुने भएको छ।

वडा नम्बर ११, ललितपुर जिल्ला टेबल टेनिस संघ, खोल्चा पुखु खेलकुद उपसमिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता मगंलबारदेखि शनिबारसम्म हुनेछ।

कुल १६ इभेन्टमा हुने प्रतियोगितामा ५ सय खेलाडी सहभागी हुने प्रतियोगिता संयोजक नदिम रत्न शाक्यले जानकारी दिए।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने खेलाडीलाई पुरस्कारको व्यवस्था गरिनेछ।

प्रतियोगिताको कुल पुरस्कार राशी तिन लाख ५० हजार रुपैयाँ रहेको छ। ललितपुर महानगरभित्रका २९ वडाका खेलाडीले आफ्नो वडाको सिफारिसमा प्रतियोगितामा भाग लिन पाउनेछन्।

प्रतियोगितामा खेलाडीले प्राप्त गर्ने स्वर्ण, रजत र कास्य पदकको आधारमा सर्वोत्कृष्ट वडालाई रनिङ शिल्ड प्रदान गरिने संयोजक शाक्यले जानकारी दिए।

हरेक वर्ष फरक वडाले प्रतियोगिता आयोजना गर्ने गर्छन्। प्रतियोगिता आयोजना गर्न वडाले १० लाख रुपैयाँ विनियोजन गरेको छ। महानगरले ४ लाख रुपैयाँ दिनेछ भने बाँकी खर्च प्रायोजकबाट उठाइने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ। पाँच दिन चल्ने प्रतियोगिता वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा हुनेछ।

प्रतियोगिता साँझ ६ देखि १० बजेसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .