आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको जारी छनोट खेलमा जिम्बाब्वे युगान्डाजस्तो गुमनाम टोलीसँग हारेको छ।
नामिबियामा जारी अफ्रिका क्षेत्रीय छनोट खेलअन्तर्गत आइतबार युगान्डाले जिम्बाब्वेलाई ५ विकेटले हराएको हो।
टस जितेर पहिले बलिङ गरेको युगान्डाले जिम्बावेलाई २० ओभरमा १३६ रन मात्र बनाउन दियो। त्यसपछि लक्ष्य पछ्याउने क्रममा युगान्डाले जिम्बाब्वेलाई ५ बल बाँकी छँदै ५ विकेटले हराएको हो।
टी–२० विश्वकपमा अफ्रिकाबाट दुई देशले खेल्नुपर्ने भए पनि सात देशबीच भइरहेको अफ्रिका क्षेत्र छनोटमा जिम्बावे चौथो स्थानमा छ।
हाल नामिबिया पहिलो र केन्या दोस्रो स्थानमा छन्। सन् २०२४ को टी–२० विश्वकपका लागि अफ्रिकाबाहेक १८ टोलीको टुंगो लागेको छ।
342
Shares
प्रतिक्रिया