एफसी बुटवल लुम्बिनी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पहिलो जितको खोजीमा मैदान उत्रँदै छ।
उता स्पोर्टिङ इलाम एफसी भने लगातार दोस्रो जित हासिल गर्ने योजनामा हुनेछ।
एनएसएलमा आज आइतबार स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनी भिड्दै छन्।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। लिगका दुई खेल सकिँदा बुटवलले जितको खाता खोल्न सकेको छैन।
बुटवल अंकविहीन भई तालिकाको पुछारमा छ।
उता पहिलो खेलमा हार र दोस्रो खेलमा जित हासिल गरेको इलाम आजको प्रतिस्पर्धामा विजयी हुन चाहन्छ।
इलामले दुई खेलबाट ६ अंक जोडेको छ।
45
Shares
प्रतिक्रिया