नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी बुटवल लुम्बिनी र स्पोर्टिङ इलाम एफसीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफमा सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।
खेलको तेस्रो मिनेटमा नै इलामका फोडे कारामाको पासमा भरत खवासको प्रहार सेकेण्ड बारमा लाग्दै बाहिरियो। सातौँ मिनेटमा बुटवलका कप्तान एरिक विष्टको फ्रिकीक इलामका गोलरक्षक तथा कप्तान विकेश कुथुले सहजै बताए।
१२औँ मिनेटमा बुटवलका सरोज तामाङको फ्रिकीक गोलरक्षक विकेशले पन्च गर्दै जोगाए। ३९औँ मिनेटमा इलामका इब्राहिम डिजेटको फ्रिकीक पोष्टको माथिबाट बाहिरियो।
लिगमा दुई खेलमा लगातार दुई र भोगेको बुटवल अंक तालिकामा खाता खोल्न चाहान्छ। उता एक खेलमा हार र एक खेलमा जित निकालेको इलाम भने लगातार दोस्रो जितको खोजीमा छ।
Shares
प्रतिक्रिया