नेपाल सुपर लिग (एनएसएल) मा आज (बुधबार) स्पोर्टिङ इलाम डे मेची एफसी र पोखरा थन्डर्स आमनेसामने हुँदै छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
लिगमा चौथो खेल खेल्न लागेको इलाम र पोखरा दुवै टोली दोस्रो जितको खोजीमा मैदान उत्रनेछन्।
लिगमा तेस्रो स्थानमा रहेको पोखराले १ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ।
३ खेलबाट ५ अंक बनाएको पोखरा इलामलाई हराउँदै शीर्ष स्थानमा उक्लने योजनामा छ।
यता छैटौँ स्थानमा रहेको इलाम पनि दोस्रो जित हासिल गर्न चाहन्छ।
इलामले दुई खेलमा हार र एक खेलमा जित निकालेको छ। इलामले आजको खेलमा जित निकाले दोस्रो स्थानमा उक्लनेछ।
42
Shares
प्रतिक्रिया