ad ad

खेल


आई लिगमा डेब्यु गर्न दीपा र प्रीति भारत प्रस्थान

आई लिगमा डेब्यु गर्न दीपा र प्रीति भारत प्रस्थान

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १०:५५, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड दीपा शाही र मिडफिल्डर प्रीति राई भारतीय महिला लिग (आई लिग) खेल्न बिहीबार बिहान भारततर्फ प्रस्थान गरेका छन्।

आई लिगमा दीपा र प्रीति दुवै किक स्टार्टमा आबद्ध भएका हुन्। उनीहरु दुवैले आई लिगमा डेब्यु गर्न लागेका हुन्।

भारत जानुअघि फरवार्ड दीपाले भनिन्, अघिल्लो सिजन उमेर नपुगेका कारण आइ लिग खेल्न पाएको थिइनँ। यो पटक उत्साहित छु। आफ्नो शतप्रतिशत दिएर खेल्नेछु। गत सिजनको साविक विजेता टोली यो पटक भने विजेता बनाउने प्रयास गर्नेछ। 

दीपा र प्रीतिले पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक अनुभव  गर्न लागेका हुन्। 

मिडफिल्डर प्रीति पनि आई लिग खेल्न उत्साहित रहेको सुनाउँछिन्।

उनले भनिन्, हामी दुवैले एकै क्लबबाट आई लिग खेल्दै छौँ। पहिलो सिनियर दिदिहरु खेलेको देख्दा आफू पनि खेल्न पाउँछु भन्ने थियो। अब मौका पाउँदा आफूलाई प्रमाणित गर्नेछु।

यो पटकको आई लिगमा नेपाली टोलीका चार खेलाडीले सहभागिता जनाउँदै छन्। यसअघि राष्ट्रिय टोलीकै गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता राना आई लिगका लागि भारत पुगिसकेका छन्। एञ्जिला र गीता दुवै सेथु एफसीमा आबद्ध छन्। 

एञ्जिलाले गत सिजन पनि सेथुबाट नै आई लिग खेलेकी थिइन्। गीताले भने डेब्यु गर्नेछिन्। 

सेथुले शुक्रबार तीन पटकको च्याम्पियन गोकुलम केरला एफसीको सामना गर्दै छ। 

किक स्टार्टले भने शनिबार होप्स एफसीसँग खेल्दै आई लिग यात्रा सुरु गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .