इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटी एस्टन भिल्लासँग हारेको छ।
बुधबार राति भएको खेलमा सिटी एस्टन भिल्लासँग १–० गोल अन्तरले पराजित भएको हो।
भिल्लाका लागि लिओन बेलीले गरेको गोल नै निर्णायक बन्यो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मात्र गोल सम्भव भयो।
खेलको ७४औँ मिनेटमा लिओन बेलीले गरेको गोल नै भिल्लाका लागि निर्णायक बन्यो।
हारसँगै सिटी अंक तालिकाको चौथो स्थानमा झरेको छ। १५ खेलबाट ३० अंक जोडेको सिटी चौथो स्थानमा छ। एस्टन भिल्ला भने तेस्रो स्थानमा उक्लेको छ। समान खेलबाट भिल्लाले ३२ अंक बनाएको छ।
आर्सनल ३६ अंकमा शीर्ष स्थानमा रहँदा लिभरपुल भने ३४ अंकमा दोस्रो स्थानमा छ।
गएराति नै भएको खेलमा चेल्सीलाई २–१ ले हराएको म्यानचेस्टर युनाइटेड छैटौँ स्थानमा उक्लेको छ। न्यु क्यासल भने सातौँ स्थानमा झरेको छ।
गएराति कै खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० ले पाखा लगायो। ब्राइटोनले ब्रेनफोर्डलाई २–१ ले हराउँदा फुलहामले भने नटिङघम फरेस्टलाई ५–० को फराकिलो अन्तरले पाखा लगायो।
Shares
प्रतिक्रिया