ad ad

खेल


महिला डबल लिग प्रतियोगिताका सर्वोत्कृष्ट र वर्ष खेलाडीले एम्पीएर स्कुटर पाउने

महिला डबल लिग प्रतियोगिताका सर्वोत्कृष्ट र वर्ष खेलाडीले एम्पीएर स्कुटर पाउने

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १५:५४, काठमाडौँ

ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६ औं संस्करणलाई एम्पीएर स्कुटरले साथ दिने भएको छ।

आगामी माघ दोस्रो साता हुने महिला लिगमा दुई खेलाडीले एम्पियर स्कुटर पाउने भएका हुन्।

ढोरपाटन क्लब र एम्पियर स्कुटरको नेपाल बिक्रेता केडिया इन्टरनेसनल प्रालिबीच सम्झौता भएको छ।

क्लबका अध्यक्ष मनवीर छन्त्याल र केडियाका प्रबन्ध निर्देशक सत्यम केडियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार कम्पनीले स्कुटरमा ३३ प्रतिशत छुट दिने सम्झौता गरेको छ।

सम्झौता अनुसार क्लबले लिगको सर्वोत्कृष्ट खेलाडी र वर्ष खेलाडीले एम्पियरको प्राइमस र म्यागनस स्कुटर पाउनेछन्।

ढोरपाटन महिला लिग माघ १२ देखि २२ गतेसम्म हुनेछ। प्रतियोगिताको उपाधि विजेता ५ लाख १ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

तेस्रो हुनेले १ लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौले ५० हजार, छैटौले टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागत तर्फका उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .