नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन र बुटवल लुम्बिनी एफसीले पहिलो हाफमा बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
पहिलो हाफको १४ औं मिनेटमा टोरीक जेव्रिनको कर्नर बुटवलका गोलरक्षक टोरीक मोहमदउले पन्च गर्दै जोगाए।
१९ औं मिनेटमा चितवनका अफ्रिइ एसीको फ्रिकीक प्रहार सिधै गोलक्षकको हातमा पुग्यो। त्यसको एक मिनेटमा नै स्टेफन समिर विनोङको प्रहार चितवनका गोलरक्षक विशाल श्रेष्ठले जोगाए।
२३ औं मिनेटमा चितवनका विमल घर्तिमगरको प्रहार पोष्टको नजिकबाट बाहिरियो।
४३ औं मिनेटमा टोरिकको पासमा विमल घर्तिमगरको प्रहार पहिलो बार नजिकबाट बाहिरिदा चितवनले अग्रता बनाउने मौका गुमायो।
18
Shares
प्रतिक्रिया