यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।
आकाश त्रिपाठीले ६ रन बनाउँदा उबैद शाहको बलमा एलबीडब्लु धरापमा परे। अहिले क्रिजमा कप्तान देव खनाल आएका छन्।
दुबइको आइसीसी एकेडेमी ओभल २ मा भइरहेकाे खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले आठौं ओभरको समाप्तीमा २ विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ।
ओपनर अुर्जन कुमाल ७ र देव खनाल शुन्य रनमा नटआउट छन्।
त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर तिलन भण्डारीलाई गुमाएको थियो। ७ रन बनाएका तिलक तेस्रो ओभरको दोस्रो बलमा अमिर हसनको बलमा सादवेगको हातबाट क्याच आउट हुन पुगे।
84
Shares
प्रतिक्रिया