एसीसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध खराब प्रदर्शन गरिरहेको छ।
दुवईको आईसीसी एकेडेमी ओभल २ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १८ ओभरको खेल जारी रहँदा ५ विकेटको क्षतिमा मात्र ४४ रन बनाएर खेलिरहेको छ।
ओपनर अर्जुन कुमाल २१ रन बनाउँदा क्याच आउट भए। ३७ बलमा ३ चौका हानेका अर्जुन २१ रन बनाउँदा मोहम्मद जेशनको बलमा साद वेगको हातबाट क्याच आउट हुन पुगे।
त्यसअघि १२ औं ओभरको चौथो बलमा कप्तान देव शून्य रनमा क्याच आउट भए। १३ बलको सामना गरेका देव मोहम्मद जेशको बलमा अलि अस्फानको हातबाट क्याच आउट हुन पुगे।
अनुभवी खेलाडी गुल्सन झा १ रनमा बोल्ड आउट भए। आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठी ६ रन बनाउँदा उबैद शाहको बलमा एलबीडब्लु धरापमा परे।
नेपालले पहिलो विकेटका रुपमा ओपनर तिलन भण्डारीलाई गुमाएको थियो। ७ रन बनाएका तिलक तेस्रो ओभरको दोस्रो बलमा अमिर हसनको बलमा सादवेगको हातबाट क्याच आउट हुन पुगे।
उत्तम थापा मगर ५ रन र दिपेश कँडेल शून्य रनमा नटआउट छन्।
किफायती बलिङ गरिरहेका पाकिस्तानका लागि मोहम्मद जेसनले दुई विकेट लिए। अमिर हसन, अलि अस्फन र उबैद शाहले समान १ विकेट लिए।
Shares
प्रतिक्रिया