अलराउन्डर गुल्सन झाले एसीसी यू–१९ प्रिमियर कपमा पाकिस्तानको २ विकेट झारेका छन्।
सातौं ओभरमो खेल जारी रहँदा गुल्सनले पाकिस्तानको २ विकेट लिएका हुन्। पहिलो ओभरको तेस्रो बलमा नै ओपनर श्यामल हुसैनलाई क्याच आउट गराएका थिए।
गुल्सनले नै सातौं ओभरको चौथो बलमा ओपनर सजैव खानलाई दिपेश कँडेलको हातबाट क्याच आउट गराउँदै नेपाललाइै दोस्रो सफलता दिलाए।
आठौं ओभरको खेल जारी रहँदा पाकिस्तानले २ विकेटको क्षतिमा २३ रन बनाएर खेलिरहेको छ।
त्यसअघि दुबईको आइसीसी एकेडेमी ओभल–२ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १ सय ५२. रन बनाउँदा अलआउट भयो।
375
Shares
प्रतिक्रिया