नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय दिपा शाही र प्रीति राई सम्मिलित किक स्टार्टले भारतीय महिला लिगमा विजयी सुरुवात गरेको छ।
शनिबार भएको खेलमा साविक उपविजेता किक स्टार्टले होप्स एफसीलाई ३–० गोलअन्तरले पाखा लगाएको हो।
किक स्र्टाटका लागि दिपा र प्रीति ले सुरुआती ११ मा स्थान बनाएका थिए। यो सँगै दिपा र प्रीति ले भारतीय लिगमा डेब्यु गरेका छन्। गत सिजन प्रितीले चोटका कारण आइ लिग खेल्न पाएकी थिईनन्। दिपाले भने उमेर नपुगेका कारण व्यवसायिक लिग खेल्न पाएकी थिईनन्।
जितसँगै ३ अंक जोडेको किक स्टार्ट अंक तालिकाको शीर्ष स्थानमा छ।
लिगमा आइतबार राष्ट्रिय टोली कै डिफेन्डर अमृता जैसी र फरवार्ड रश्मी घिसिङ सम्मिलित स्पोर्टस् ओडिसाले इष्ट बंगाल एफसीसँग खेल्दैछ।
यसअघि आइतबार भएको लिगको पहिलो खेलमा नेपाली टोलीकै गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता राना सम्मिलित सेथु एफसीले गोकुलम केरला एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो।
Shares
प्रतिक्रिया