एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ।
सोमबार अबेर राति भएको खेलमा विगन एथ्लेटिकलाई २–० ले हराउँदै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो।
१२ पटकको एफए कप विजेता युनाइटेडको जितमा डियोगो डालोट र कप्तान ब्रुनो फर्नान्डेजले एक/एक गोल हाने।
डालोटले २२औँ मिनेटमा सुरुवाती गोल गरे भने ७४औँ मिनेटमा फर्नान्डेजले पेनाल्टीबाट गोल थपे।
फर्नान्डेजलाई लिआम साले खराब ट्याकल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो।
दोस्रो हाफमा घरेलु टोली विगनले गोल फर्काउने राम्रो मौका चुकाएको थियो। जसले गर्दा उसको हारको अन्तर २–० हुन पुग्यो।
33
Shares
प्रतिक्रिया