प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिमसामु १ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भैरहवाको सिद्धार्थनगरमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १ सय ५८ रन बनाउँदा अलआउट भयो।
लु्म्बिनीका लागि प्रज्वल थापाले बनाएको ४२ रन नै सर्वाधिक रह्यो।
मोहम्मद हुसैनले २६ रन थपे। ओपनर विरात भण्डारीले २३ रन बनाए। मिनल गुरुङले १४ र दिलसद अलीले १० रन बनाए।
कृष्ण कार्की १२ रनमा नटआउट रहे। लुम्बिनीका ५ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सुदुरपश्चिमका लागि नारायण जोशी एक्लैले ३ विकेट लए। नरेन साउद, भोजराज भट्टले समान २ विकेट लिए। मिलन बोहोराको नाममा एक विकेट रह्यो। सुदुरपश्चिमले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।
3
Shares
प्रतिक्रिया