ad ad

कला


कस्तो छ धनुष अभिनीत फिल्म 'क्याप्टेन मिलर' को व्यापार?

कस्तो छ धनुष अभिनीत फिल्म 'क्याप्टेन मिलर' को व्यापार?

नेपालखबर
माघ १, २०८० सोमबार १३:१८, काठमाडौँ

मकर संक्रान्तीको अवसरमा सिनेमा हलमा 'क्याप्टेन मिलर' सहित 'म्यारी क्रिसमस', 'अयलान' र 'गुंटूर कारम' जस्ता भारतीय फिल्महरु रिलिज भए। सबै फिल्मले ठिकठिकै व्यापार समेत गरिरहेका छन्।

यसैबीच, धनुष स्टारर तमिल फिल्म 'क्याप्टेन मिलर' को नयाँ कथाले दर्शकको मन जितिरहेको छ। १२ जनवरीबाट रिलिज भएको यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेकोको छ।

पहिलो दिन ८.७ करोड भारुको ओपनिङ गरेको यस फिल्मले दोस्रो दिन ७.४५ करोड कमाएको थियो। तेस्रो दिन पनि ७.२५ करोड बिजनेस गरेको छ। फिल्मको तीनदिनमा २३.४० करोड भारु बढीको कलेक्सन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

अरुण माथेश्वरनद् निर्देशित फिल्ममा धनुषसहित प्रियंका अरुल मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, र सन्दीप किशनको अभिनय छ। यस फिल्मको कथा सन् १९३० को पृष्ठभूमिमा आधारित छ। यो ब्रिटिश विरुद्धको युद्धको कथा हो।

‘क्याप्टेन मिलर’ धनुषको चरित्रको नाम हो। फिल्मको कथा तमिलनाडुको एउटा गाउँको हो, जहाँ राजाहरूले मन्दिर निर्माण गर्ने मजदुरका परिवारलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन्। उनीहरुलाई पनि यातना दिइन्छ।

यस्तो जीवनबाट दिक्क भएर ईसा (धनुष) बेलायती सेनामा भर्ना हुन्छन्। जसलाई सेनामा हुँदा क्याप्टेन मिलर बन्न थालिन्छ। सेनामा हुँदा क्याप्टेनलाई आफ्नै देशवासीमाथि गोली हान्नु पर्छ भनिन्छ। तर, उसले बेलायती अफिसरलाई गोली हान्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .