ad ad

खेल


प्रधानमन्त्री कप : सूर्यको घातक बलिङमा बागमतीसँग आर्मी पराजित

प्रधानमन्त्री कप : सूर्यको घातक बलिङमा बागमतीसँग आर्मी पराजित

नेपालखबर
माघ ३, २०८० बुधबार १५:९, काठमाडौँ

सूर्य तामाङको घातक बलिङमा विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशसँग स्तब्ध भएको छ।

बुधबार भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो।

आर्मीले दिएको ९८ रनको झिनो लक्ष्य बागमतीले २२.१ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो।

बागमतीका लागि प्रतिश जिसीले बनाएको २१ रन नै सर्वाधिक रह्यो। २४ बलमा १ चौका र १ छक्का प्रहार गरेका प्रतिश २१ रनमा नटआउट रहे। रिजन ढकाल शुन्य रनमा अविजित रहे।

अशोक पौडेलले २१ रन थपे। इसान पाण्डे र रविन जोशीले समान १२ रन थपे। विपिन आचार्यले १० रन थपे।

आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। ७ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै २६ रन खर्चे।

साहव आलम र जितेन्द्र मुखियाले समान दुई विकेट आफ्नो नाममा गरे।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा ९७ रन बनाउँदा अलआउट भयो।

त्यसअघि खराब पिचका कारण खेल ४३ ओभरमा छोट्टाइएको थियो।

आर्मीका लागि कप्तान विनोद भण्डारीले बनाएको २८ रन नै सर्वाधिक रह्यो। भिम सार्कीले १८ रन थपे। विवेक यादवले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

आर्मीलाई कम स्कोरमा रोक्न बागमतीका लागि सुर्य तामाङ एक्लैले ५ विकेट लिए। ९ ओभर बलिङ गरेका सुर्यले २ मेडन राख्दै २६ रन खर्चे।

प्रतिश जिसी र रिजन ढकालले समान २ विकेट लिए। किफायती बलिङ गरेका प्रतिशले ५.१ ओभरमा २ मेडन राख्दै मात्रत्र ८ रन दिए।
कृजन गुरुङले एक विकेट आफ्नो नाममाम गरे।  

जितसँगै २ खेलमा जित र २ खेलमा हार भोगेको बागमती चार अंकमा तालिकाको चौथो स्थानमा छ। पराजित आर्मी एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा तालिकाको पाचौं स्थानमा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .