ad ad

कारोबार


सेयरबजारमा झण्डै १० अर्बको कारोबार, हिमालयन रिको ६५ करोडको किनबेच

सेयरबजारमा झण्डै १० अर्बको कारोबार, हिमालयन रिको ६५ करोडको किनबेच

नेपालखबर
माघ ३, २०८० बुधबार १५:१७, काठमाडौँ

सेयरबजारमा बुधबार झण्डै १० अर्बको कारोबार भएको छ। 

लामो समयपछि उक्त परिमाणको कारोबार भएको हो। 

सूचक १२.१० अंकले घटे पनि कारोबार रकम उच्च भएको हो। 

दिउँसो १ बजे २२ सय नाघेको नेप्से कारोबार बन्द हुँदासम्म २१६३.०६ विन्दुमा झरेर रोकिएको हो। बुधबार ३ करोड ३५ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

यसअनुसार आज ६३ कम्पनीको सेयर मूल्य बढे पनि १८० कम्पनीको घटेको र चारवटाको उही मूल्यमा कारोबार भएको छ। 

आज ग्लोबल आईएमई लघुवित्त र नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले कमाएका छन्। त्यसैगरी हिमालयन रि इन्स्योरेन्सको सेयर पनि ९.९९ प्रतिशतले बढेको छ। 

लगानीकर्ताले आज १० प्रतिशतसम्म गुमाएका छन्। इस्टर्न हाइड्रो, भूगोल इनर्जी, मुक्तिनाथ कृषि कम्पनीलगायतका सेयरधनीले धेरै गुमाएको नेप्सेले जनाएको छ। 

आज सर्वाधिक कारोबार हिमालयन रिको भएको छ। कम्पनीको ६५ करोड ८४ लाखको सेयर किनबेच भएको हो। यसबाहेक ङादी पावरको ३३ करोड र सोनापुर मिनरल्सको २९ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .