आइसीसी यु-१९ विश्वकप क्रिकेटअन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपाललाई पाँचौँ धक्का लागेको छ।
गुलशन झा १० बल खेल्दै केबल २ रनको अवस्थामा आउट भएसँगै नेपाल संकटतिर धकेलिएको हो।
उनी २०.२ ओभरमा कुमिङको बलमा वाट्सनद्वारा क्याच आउट भएका हुन्।
यसअघि उत्तम मगर शून्यमै आउट भएका थिए। ३ बल खेलेका उत्तम शून्यमै पवेलियन फर्किएका थिए।
यसअघि कप्तान देव खनाल पनि आउट भए। ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरेका देव ३६ रनमा क्याच आउट भए।
त्यसअघि ओपनर दीपक बोहोरा शून्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भएका थिए।
न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा ३ विकेटको क्षतिमा ७७ रन बनाएर खेलिरहेको छ।
तेस्रो विकेटका लागि कप्तान देव र ओपनर अर्जुन कुमालले ५९ रनको साझेदारी गरे।
अहिले क्रिजमा ओपनर अर्जुन कुमाल ३३ र दीपक बोहोरा छन्। कुमाल अर्धशतकनजिक छन्। उनले ६१ बलमा ४५ रन बनाइसकेका छन्।
न्युजिल्यान्डका लागि मासोन क्लार्क, मट रोवे, इवाल्ड सर्डर, ज्याक कुमिङ र ओस्कार ज्याक्सनले एक एक विकेट लिए।
त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको थियो।
Shares
प्रतिक्रिया