टी-२० आई त्रिकोणत्मक सिरिजअन्तर्गत नामिबियाविरुद्ध जारी खेलमा ४ विकेट गुमाएसँगै नेपाली टोली दबाबमा आएको छ।
नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई ३२ रनमा गुमाएको हो। २१ बलमा ४ चौका र १ छक्क हानेका कुशल बेनार्ड स्कचको बलमा क्याच आउट हुन पुगे।
त्यसअघि नेपालले कप्तान रोहित पौडेललाई गुमाएको थियो। २४ बलमा ३ चौका र ३ छक्का हानेका कप्तान रोहित ४२ रन बनाउँदा जान निकोल लोफ्टी–इटोनको बलमा जान फ्रेलिंकको बाट क्याच आउट भए।
त्यसअघि नामिबियाका रुवेन ट्रम्पलम्यानले नेपालका दुवै ओपनरलाई पेभेलियनको बाटो देखाएका थिए।
ओपनर आशिफ शेख ६ रन बनाउँदा क्याच आउट भए। त्यसअघि ओपनर कुशल भुर्तेल इनिङस्को पहिलो बलमा नै आउट भए।
ट्रम्पलम्यानले ओपनर कुशललाई पहिलो बलमा नै एलबीडब्लु धरापमा पारे।
नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १० ओभरको खेल जारी रहँदा ४ विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ।
क्रिजमा दीपेन्द्रसिंह ऐरी ८ रनमा नटआउट छन्।
Shares
प्रतिक्रिया