टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा घरेलु टोली नेपालले जितका लागि १ सय ८१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपालले निर्धातिर २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएर खेलिरहेको छ।
पाँचौँ विकेटका लागि आरिफ शेख र कुशल मल्लले ८५ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासे।
कुशल मल्ल ५४ रनमा नटआउट रहे। कु्शलले ३६ बलमा १ चौका र ४ छक्का हाने।
२४ बलमा ४ चौका प्रहार गरेका आरिफ १७ औँ ओभरको तेस्रो बलमा ३१ रन बनाउँदा क्याच आउट भए।
अोपनर अनिल साह २३ रन बनाउँदै पेभेलियन फर्के। १७ बलमा ३ छक्का हानेका अनिल छैटौँ ओभरको अन्तिम बलमा जान निकोल लोफ्टी इटोनको बलमा विकेट किपरबाट हातबाट क्याच आउट भए।
गुलशन झाले २६ र कप्तान रोहित पौडेलले १० रन थपे। १६ बलमा १ चौका र ३ छक्का हानेका गुल्सन एलबीडब्लु धरापमा परे।
दीपेन्द्रसिंह ऐरी १६ रन बनाउँदा एलबीडब्लु धरापमा परे। ८ बलमा २ चौका हानेका दिपेन्दू वेन सिकाकोको बलमा एलबीडब्लु आउट भए।
करण केसी ७ र सोमपाल काकी २ रनमा क्याच आउट भए। ओपनर आशिफ शेख १ रनमा नै आउट भए। प्रतिश जिसी १ रनमा नटआउट रहे।
नामिवियाविरुद्धको पहिलो खेलमा २० रनले पराजित भएको थियो। सिरिजमो दोस्रो खेलमा नेदरल्याण्डससाग २ रनले पराजित भएको नेपाललाई फाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ।
Shares
प्रतिक्रिया