खेल


कमल ऐरीको घातक बलिङमा १५७ रनमा समेटियो आयरल्यान्ड ‘ए’

कमल ऐरीको घातक बलिङमा १५७ रनमा समेटियो आयरल्यान्ड ‘ए’

तस्बिर : क्यान


नेपालखबर
चैत २१, २०८० बुधबार १२:४८, काठमाडौँ

कमल ऐरीको घातक बलिङमा नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ टोलीले नेपाल ‘ए’ टोलीसामु जितका लागि १ सय ५८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ३८.३ ओभरमा १ सय ५७ रन बनाउँदा अल आउट भयो।

आयरल्यान्डलाई कम स्कोरमा रोक्न नेपालका लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए।

कमलले ३९ औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिर्दै ह्याट्रिक पूरा गरे।

कमलले पहिलो बलमा लियाम म्याककार्तिलाई आउट गरे। दोस्रो बलमा क्याथु हकपफ्रेस र तेस्रो बलमा वेन ह्वाइटलाई बोल्ड आउट गरे। 

उनले २९ ओभरको तेस्रो बलमा कप्तान निल रकलाई एलबीडब्लु धरापमा पारे। 

साहब आलम र मौसम ढकालले समान २ विकेट लिए। रिजन ढकालको नाममा एक् विकेट रह्यो। 

आयरल्याण्डका लागि केडे कारमाइकलले बनाएको ५१ रन नै सार्वधिक रह्यो।

कप्तान निलले ३९ रन थपे। पेटर मुरले २१ रन बनाए। ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .