नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला एसिया कप दोस्रो चरणका लागि २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ।
क्यानले बुधबार पहिलो चरणबाट खेलाडी छनोट गर्दै दोस्रो चरणमा २० खेलाडीलाई प्रशिक्षणमा डाकेको हो।
क्यानले पहिलो चरणमा २८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। पहिलो चरणबाट ८ खेलाडीलाई बाहिर राख्दै २० खेलाडीलाई दोस्रो चरणमा बोलाएको हो।
पहिलो चरणबाट खुसी डंगोल,करुणा भण्डारी,संगिता राई, आरती महतो, सावित्री धामी, एशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ बाहिरिएका छन्।
एसिया कपमा नेपाल भारत, पाकिस्तान र युएई रहेको समुह ए मा छ। समूह बी आयोजक श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्याण्ड छन्।
नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १९ जुलाइमा खेल्नेछ। समूह बी मा २१ जुलाईमा युएई। २३ जुलाईमा भारतसँग खेल्ने तालिका छ।
समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल २८ जुलाइमा हुनेछ।
नेपाली टोलीः
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सिता रानामगर, कविता कुवँर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पुजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरि, सवनम राई, रुवि पोडार, लक्ष्मी साउद, एलिसा खाडिया, अप्सरी बेगम, अस्मिना कर्माचार्य।
Shares
प्रतिक्रिया