उपाधि दावेदार ब्राजिलले कोस्टारिकासँग बराबरी खेल्दै कोपा अमेरिका २०२४ को सुरुवात गरेको छ।
मंगलबार बिहान भएको खेलमा ब्राजिलले कोस्टारिकासँग गोलरहित बराबरी गर्दै अंक बाँडेको हो।
खेलमा ब्राजिलले गोल गर्ने थुप्रै मौका सृजना गरेपनि त्यसमा सफल हुन सकेन। ब्राजिलविरुद्ध कोस्टारिकाको डिफेन्स लाइन बलियो बन्दा अंक खोस्न सफल भयो।
बराबरीसँगै दुबै टोलीले एक÷एक अंक बाँडेका छन्।
यही समूहको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको छ।
जितसँगै कोलम्बिया समू डी को शीर्ष स्थानमा छ। ब्राजिल समुह डी को दोस्रो स्थानमा छ। कोस्टारिका तेस्रो स्थानमा छ।
210
Shares
प्रतिक्रिया