ad ad

खेल


साफ यू-२० च्याम्पियनसिपको तयारी पूरा

साफ यू-२० च्याम्पियनसिपको तयारी पूरा

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १६:४४, काठमाडौँ

आइतबारदेखि हुने साफ यू–२० च्याम्पियनसिपको तयारी पूरा भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जानकारी दिएको हो।

च्याम्पियनसिपको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा नै गर्ने योजना एन्फाले बनाएको छ।

यद्यपी म्याच कमिस्नरले निरीक्षण गरेपछि मात्र अन्तिम टुङ्गो लाग्ने प्रवक्ता सुरेश शाहले जानकारी दिए। उद्घाटनका लागि मैदान योग्य नभए वैकल्पिक मैदान प्रयोग गर्ने तयारीमा एन्फा रहेको प्रवक्ता शाहले बताए। नेपाली टोली उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको छ।

दशरथ रगंशालामा हुने खेलका लागि साधारणतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ मूल्य तोकिएको छ। एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा साधारणतर्फमात्र टिकट बिक्री गरिने प्रवक्ता शाहले बताए।

च्याम्पियसिपका लागि मालदिभ्सको टोली आज नेपाल आइपुगेको छ। भुटान, भारत, श्रीलंकाको टोली शुक्रबार तथा बंगलादेशको टोली शनिबार नेपाल आइपुग्नेछ।

च्याम्पियनसिप गर्न ३ करोड १० लाख ५३ हजार ९ सय रुपैयाँ खर्च हुने अनुमान एन्फाले गरेको छ। साफ च्याम्पियनसिप भदौ २ देखि १२ गतेसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .