ad ad

खेल


अनेरास्ववियूको तीज विशेष फुटसल: माओवादीसँग एमालेका महिला नेतृको समूह पराजित (तस्बिर)

अनेरास्ववियूको तीज विशेष फुटसल: माओवादीसँग एमालेका महिला नेतृको समूह पराजित (तस्बिर)

नेपालखबर
भदौ २०, २०८१ बिहिबार ९:११, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले तीज पर्वको अवसरमा ‘तीज विशेष मैत्रीपूर्ण फुटसल’ प्रतियोगिता आयोजना गरेको छ। 

विभिन्न राजनीतिक दल निकट महिला नेतृहरु सहभागी प्रतियोगितामा चारवटा समूहको सहभागिता थियो।

काठमाडौँको भृकुटिमण्डपस्थित फनपार्क फुटसल ग्राउण्डमा बुधबार भएको उक्त प्रतियोगितामा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य सत्या पहाडी नेतृत्वको समूह पहिलो भएको छ भने नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिना नेतृत्वको समूह दोस्रो भएको अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामाले जानकारी दिइन्। 

कार्यक्रम एकीकृत समाजवादीकी उपमहासचिव गरिमा शाह प्रमुख अतिथि थिइन्। 

कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य अशेष घिमिरे र गौतम राइ, केन्द्रीय सदस्य हिरेन्द्र शाही, केशरी रेग्मी, डा.सीता ढुंगाना, एसिड पीडित मुस्कान खातुन र कलाकार जमुना सोनाम लगायत उपस्थित थिए। 

तीजलाई रचनात्मक बनाउने उद्देश्इले प्रतियोगिता आयोजना गरिएको एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी अध्यक्ष लामाले बताइन्। कार्यक्रममा नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी प्रेस संगठनलगायतका विद्यार्थी संगठनका नेता कार्यकर्ताको पनि उपस्थिति थियो। 

तस्बिरहरु

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .