नेपाल प्रिमियर लिग (एनपीएल) का लागि राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशीलाई जनकपुर बोल्ट्सले खरिद गरेको छ। काठमाडौँमा भएको लिगको अक्सनमा गोलाप्रथाबाट जनकपुरले उच्चतम १५ लाखमा खरिद गरेको हो।
उनलाई लाई काठमाडौँ र चितवनबाहेका ६ टिमले दाबी गरेका थिए। उनीहरू सबैले ललितलाई १५ लाखको दाबी गरेपछि गोलाप्रथा गरिएको थियो।
गोलाप्रथाबाट जनकपुर भाग्यमानी बन्यो। राजवंशी ए क्याटेगोरीमा रहेका खेलाडी हुन्।
नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन्।
आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्।
पछिल्लो वर्ष नेपाल टी–२० लिग भए पनि विवादपछि दोस्रो संस्करण हुनै सकेन।
आयोजनाको जिम्मेवारी पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी भागेपछि क्यानले सम्झौता रद्द गरेको थियो।
मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्स रहेका छन्।
Shares
प्रतिक्रिया