खेल


रसियामाथि सानदार जित निकाल्दै डेनमार्क अन्तिम १६ मा

रसियामाथि सानदार जित निकाल्दै डेनमार्क अन्तिम १६ मा

नेपालखबर
असार ७, २०७८ सोमबार २३:४५,

रसियामाथि ४-१ गोलअन्तरको सानदार जित निकाल्दै डेनमार्क यूरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। 

आफ्ना मिडफिलर्डर क्रिस्टिएन एरिक्सन मैदानमै ढलेर बेहोस भएको खेलपछि ९ दिनपछि सोमबार राति रसियालाई डेनमार्कले स्तब्ध बनाएको हो।

सोहीकारण भावुक देखिएको डेनमार्कका लागि ३८औं मिनेटमा मिक्किल ड्याम्सगार्डले सुरुवाति अग्रता दिलाए।

दोस्रो हाफको ५९औं मिनेटमा युसुफ पोल्सनले अग्रता दोब्बर बनाउँदा रसियाका अर्टिम ड्याजयुबाले ७०औं मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए।

त्यसअघि तीन मिनेटभित्र क्रिस्टिन्सेन र जोकिम माइहिलले गोल गर्दै डेनमार्कलाई ४-१ गोलअन्तरले विजयी बनाए।

जितसँगै डेनमार्क ३ अंकसहित समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। 

यता रसिया भने त्यति नै अंक भएपनि गोलअन्तरले पुछारमा रहँदै बाहिरियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .