ad ad

खेल


भरतपुरमा अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुने

भरतपुरमा अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुने

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार ५:१९, चितवन

चितवनको भरतपुरमा यही चैत २५ गतेदेखि प्रथम अन्तर प्रदेशस्थतरीय राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ। भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उद्देश्यका प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्। 

प्रतियोगितामा भरतपुरका विभिन्न स्थानमा खेल खेलाइने खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए। प्रतियोगितामा समावेश गरिएका नौ खेलमध्ये पुरुष फुटबल मकवानपुरको गैरीटार रङ्गशालामा हुनेछ भने अन्य खेल भरतपुरमा हुनेछन्। 

प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। 

परिषद्को सदस्य सचिवको अध्यक्षतामा कार्यकारी समिति तथा विभिन्न पाँच उपसमिति र नौ प्राविधिक समिति गठन गरिएको छ। 

खेलमा एथलेटिक्स, भलिबल, महिला फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन, पुरुष क्रिकेट र पुरुष फुटबल समावेश छन्।

भरतपुरको चित्रवन रङ्गशालामा एथलेटिक्सका खेल हुनेछन् भने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुरुष र महिला क्रिकेट, भरतपुरको गेष्ट हाउस चौरमा भलिबल, बखत स्मृति रङ्गशाला महिला फुटबल, चितवन औद्योगिक प्रदर्शनी केन्द्रको हलमा कराते, बक्सिङ र तेक्वान्दो, भरतपुरको हवेलीमा पौडी, भरतपुर कभर्ड हलमा ब्याडमिन्टन,  गौरीटार रङ्गशाला हेटौँडामा पुरुष फुटबल प्रतियोगिता हुनेछ। 

प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कास्य पदकका लागि सात प्रदेशका एक हजार पाँच सय ४७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन।  प्रतियोगिताको समापन आगामी वैशाख १ गते मकवनपुरको गौरीटार रङ्गशालामा हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .