ad ad

खेल


सातौँ राजर्षि जनक कप : उपाधिका लागि मच्छिन्द्र र जावलाखेल भिड्दै

सातौँ राजर्षि जनक कप : उपाधिका लागि मच्छिन्द्र र जावलाखेल भिड्दै

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०७९ आइतबार ८:५०, सर्लाही

सर्लाहीको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटबलको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

गत वर्षको सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियनसमेत रहेको मच्छिन्द्र र ए डिभिजनकै अर्को क्लब जावलाखेलबीच उपाधिका लागि आइतबार दिउँसो ३ बजे बागमतीको कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा प्रतिस्पर्धा हुने भएको हो। 

मछिन्द्र सुदूरपश्चिम ११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने जावलाखेल संकटा क्लबलाई जितेर फाइनलमा प्रवेश गरेको हो। 

आज उपाधिका लागि भिड्न लागेका मच्छिन्द्र र जावलाखेल दुवै टोलीले यो वर्ष मोफसलमा भएका कुनै पनि प्रतियोगितामा उपाधि जित्न सकेका छैनन्।

प्रतियोगिताको विजेताले १० लाख रुपियाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपियाँ प्राप्त गर्ने छ।

प्रतियोगिता आयोजक बागमती युवा क्लबका एक जना उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने छ। त्यसैगरी प्रतियोगिताभरका एक सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपियाँ प्रदान गरिने क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए।

प्रतियोगितामा आयोजक बागमती युवा क्लबसहित एक विदेशीसमेत १२ टिमले सहभागिता जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .