आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाली बलरहरुको जादु चल्दा पपुवा न्युगिनी सय रन पनि नबनाउँदै संकटमा परेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी ८० रनमै संकटमा परेको हो।
२८ ओभरको खेल सकिँदा पीएनजीले ८ विकेट गुमाइसकेको छ। उसले अहिले केबल ९४ रन मात्रै बनाएको छ।
नेपालका लागि सन्दीप लामिछानेले ४ र ललित राजवंशीले २ विकेट लिइसकेका छन्।
त्यसैगरी सोमपाल कामी र कुशल मल्लको नाममा एक एक विकेट रहेको छ। नेपालले कसिलो बलिङ गर्दा पीएनजीका कुनै खेलाडीले व्यक्तिगत २० रन कटाउन सकेनन्।
पीएनजीका लागि असद भलाले ३१ बलमा सर्वाधिक २० रन बनाए। अन्य ब्याटरहरु नेपाली बलरसामु निरीह सावित भए।
57
Shares
प्रतिक्रिया