ad ad

खेल


विश्वकप फुटबलबारे यी १८ तथ्य, जुन तपाईंलाई थाहा नहुनसक्छ

विश्वकप फुटबलबारे यी १८ तथ्य, जुन तपाईंलाई थाहा नहुनसक्छ

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार ९:४६, काठमाडौँ

कतारमा विश्वकप फुटबल सुरु हुन अब ९ दिन मात्र बाँकी छ। विश्वकपमा सहभागिताका लागि धेरै मुलुकले आफ्नो टोलीको घोषणा गरिसकेका छन्। कतारले पनि विश्वकपको तयारी पूरा भइसकेको बताएको छ।  

यहाँ विश्वकपका केही तथ्य उल्लेख गरिएको छ, जुन सबैलाई थाहा नहुन सक्छ– 

१. खाडी मुलुकमा पहिलोपटक विश्वकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो। एसियामा भने दोस्रोपटक यो प्रतियोगिता हुन लागेको हो। यसअघि जापान र दक्षिण कोरियामा सन् २००२ मा विश्वकप आयोजना भएको थियो। 

२. विश्वकप अहिलेसम्म २१ पटक आयोजना भइसकेको छ र ब्राजिलले सबैभन्दा बढी पाँचपटक यो उपाधि जितेको छ। इटाली र जर्मनीले चार–चार पटक यो उपाधि जितेका छन्। 

३. सन् २००२ मा विश्वकप प्रतियोगिता पहिलोपटक दुई मुलुकमा खेलाइएको थियो। यो विश्वकप दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेका थिए। 

४. विश्वकपको गोल गर्ने सबैभन्दा पाका उमेरका खेलाडी क्यामरुनका रोजर मिल्ला हुन्। उनले सन् १९९४ मा ४२ वर्षको उमेरमा रुसविरुद्ध गोल गरेका थिए। 

५. सन् १९५० मा खाली खुट्टा खेल्न नपाएको भन्दै भारतले विश्वकप नखेलेको भन्ने अफवाह सुनिने गरेको छ। 

६. सन् १९३० मा भएको पहिलो विश्वकपको आयोजक र विजेता उरुग्वे थियो। 

७. सन् १९६६ को विश्वकप प्रतियोगिता सुरु हुनुअघि सात दिन विश्वकपको ट्रफी हराएको थियो। जुलेस रिमिट  ट्रफी भनेर चिनिने उक्त ट्रफी सन् १९८३ मा पुनः हराएको थियो। जुन अहिलेसम्म पनि फेला परेको छैन। 

८.सबैभन्दा धेरै गोल भएको विश्वकपको खेल सन् १९५४ को अष्ट्रिया र स्विट्जरल्याण्डको खेल हो। यो खेलमा अष्ट्रिया ७–५ गोल अन्तरले विजयी भएको थियो। 

९. इटाली र इंग्ल्याण्डको नाममा विश्वकपमा सबैभन्दा बढी ड्र खेल्ने कीर्तिमान छ। उनीहरुले २१ पटक बराबरीको नतिजा निकालेका छन्। 

१०. विश्वकपमा सबैभन्दा धेरै खेल हार्ने टोली मेक्सिको हो। यसले अहिलेसम्म विश्वकपमा २७ खेल हारिसकेको छ भने १६ मा जित र १४ बराबरी पनि खेलेको छ। 

११. अहिले ३२ टोलीले सहभागिता जनाउन पाउने विश्वकपमा सन् २०२६ देखि यो संख्या ४८ पुग्नेछ। 

१२. विश्वकपको एउटै खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रसियाका ओलेग सालेन्को हुन्। उनले एकै खेलमा पाँच गोल गरेका थिए।

१३. विश्वकपमा सबैभन्दा कम खेल खेल्ने टोली इन्डोनेसिया हो। एउटा मात्र विश्वकप खेल्ने अन्य धेरै मुलुक भए पनि सन् १९३८ मा भएको विश्वकपमा सहभागी इन्डोनेसियाले एउटा मात्र खेल खेलेको थियो। 

१४. अहिलेसम्मको सबै विश्वकप खेल्ने एक मात्र टोली ब्राजिल हो। उसले सन् १९३० यताका हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको छ। 

१५. विश्वकपमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान टर्कीका हकान सुकुरको नाममा छ। उनले दक्षिण कोरियाविरुद्ध  सन् २००२ मा १०.८९ सेकेण्डमै गोल गरेका थिए। 

१६. विश्वकप खेल्ने सबैभन्दा धेरै उमेरका खेलाडी इजिप्टका इसाम एल हदारी हुन्। रुस विश्वकपमा उनी ४५ वर्षका थिए। 

१७. सन् २०१८ को विश्वकप विश्वकप विभिन्न माध्यमबाट ३ अर्ब २० करोड मानिसले हेरेका थिए। 

१८. यसपटकको विश्वकप पहिलोपटक उत्तरी गोलार्धको जाडो मौसममा हुन लागेको हो। सामान्यतया विश्वकप वर्षको मध्यसमयमा पारेर गरिँदै आएको थियो। कतारको गर्मीलाई ध्यानमा राख्दै यसपटक जाडोयाममा विश्वकप आयोजना हुन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .