ad ad

ग्लोबल


रुसी सेना बाहिरिएपछि खेरसनमा पुग्यो युक्रेनी सेना

रुसी सेना बाहिरिएपछि खेरसनमा पुग्यो युक्रेनी सेना

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १०:६, काठमाडौँ

रुसले आफ्नो कब्जामा लिएको युक्रेनको सहर खेरसनमा पुनः युक्रेनी सेना प्रवेश गरेका छन्। रुसी सेना उक्त सहर छाडेर बाहिरिएसँगै युक्रेनी सेना उक्त सहरमा प्रवेश गरेको हो।

युक्रेनी सेना पुनः खेरसन प्रवेश गरेसँगै स्थानीयहरुले देशभक्तिको गीत गाउँदै उनीहरुको स्वागत गरेका छन्। 

युक्रेनका एक प्रान्तीय गभर्नरले रुसी सेना खेरसनबाट बाहिरिएसँगै विना कुनै रक्तपात  नाइपरो नदीभन्दा पश्चिमको भाग युक्रेनको नियन्त्रणमा आएको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरुले मुलुकको दक्षिणी क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा लिएको उल्लेख गरेका छन्।  

युक्रेनका डेपुटी रक्षामन्त्री भोलोदिमिर हेभरिलोभले खेरसनमा हात पारेको जित निकै महत्वपूर्ण रहेको बताएका छन्।

उनले गत सेप्टेम्बर महिनामा पूर्वी क्षेत्रमा १० हजार वर्ग किलोमिटर जमिन रुसको कब्जाबाट फिर्ता ल्याइएको र पछिल्लो दुई दिनमा चार हजार वर्गकिलोमिटर जमिन रुसबाट फिर्ता ल्याइएको उल्लेख गरेका छन्। उनले रुससँगको वार्ता अघि बढाउन अब रुस पूर्णरुपमा युक्रेनबाट फिर्ता जानुपर्ने उल्लेख गरेका छन्। 

रुसले भने खेरसन क्षेत्रबाट करिब ३० हजार मानिसलाई सुरक्षितरुपमा बाहिर निकालिएको बताएको छ। रुसको राष्ट्रपति कार्यालयका एक प्रवक्ताले खेरसन रुसको हिस्सा भएको र यो तथ्य फेरबदल नहुने बताएका छन्। चार साताअघि रुसले खेरसनमा पनि कथित जनमतसंग्रह गराएको थियो। त्यसपछि खेरसनलाई उसले आफ्नो दाबी गर्दै आएको छ। 

 रुसी सेनाका कमाण्डरले खेरसनमा नाइपरो नदीबाट सामग्री आपूर्तिमा समस्या देखिएकाले उक्त सहरबाट आफ्ना सेनाहरु फिर्ता ल्याइएको बताएका छन्। खेरसन गत फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता उसले कब्जामा लिएको एकमात्र प्रान्तीय राजधानी हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .