ad ad

खेल


फिफा विश्वकप २०२२ : कतारका स्टेडियममा बियर बिक्रीमा प्रतिबन्ध

फिफा विश्वकप २०२२ : कतारका स्टेडियममा बियर बिक्रीमा प्रतिबन्ध

नेपालखबर
मंसिर ३, २०७९ शनिबार ७:१५, काठमाडौँ

कतारका आठ स्टेडियममा फुटबल विश्वकपका खेल हुँदै गर्दा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ।

विश्वकप सुरु हुनुभन्दा दुई दिन पहिला फिफाले परिवर्तन गरेको नीतिको आधारमा कतारले यस्तो निर्णय गरेको हो। 

मुस्लिम बाहुल्यता रहेको कतारमा मदिरा बिक्रीको विषयलाई लिएर यसअघि नै कडा किसिमको कानुन भए पनि फुटबल विश्वकपको खेलमा स्टेडियमका केही निर्धारित क्षेत्रमा मदिरा बिक्रीको अनुमति दिने निर्णय गरिएको थियो। 

यद्यपि अहिले पनि स्टेडियमभित्रको कर्पोरेट क्षेत्रमा अहिले पनि मदिरा सेवनको अनुमति भने दिइएको छ।

यसअघि फिफाको प्रायोजक बडवाइजरलाई विश्वकपको समयमा वियर बेच्ने विशेष अधिकार दिइएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .