ad ad

खेल


प्रशिक्षणमा घाइते भए बेन्जेमा, विश्वकप गुमाउने

प्रशिक्षणमा घाइते भए बेन्जेमा, विश्वकप गुमाउने

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ७:१५, काठमाडौँ

फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले कतार विश्वकप २०२२ गुमाउने भएका छन्।

प्रशिक्षणको क्रममा तिघ्रामा लागेको चोटको कारण उनले विश्वकप गुमाउने भएका हुन्।

रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बेन्जेमाले यस वर्षको बालेन डे’ओरको उपाधि पनि जितेका थिए। 

फ्रान्सको राष्ट्रिय टोलीले बेन्जेमाले अहिले तिघ्राको चोट सामना गरिरहेको र उनी यो प्रतियोगिता खेल्ने अवस्थामा नरहेको बताएको छ।

फ्रान्सको फुटबल संघका अनुसार बेन्जेमालाई उक्त चोटबाट निको हुन करिब तीन साताको आराम जरुरी छ। विश्वकपको समूह डीमा रहेको फ्रान्सले मंगलबार आफ्नो पहिलो खेल अष्ट्रेलियासँग खेल्दै छ। 

यो समूहमा डेनमार्क र ट्युनिसिया पनि रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .