ad ad

राजनीति


सभामुख सापकोटाले गरे मतदान

सभामुख सापकोटाले गरे मतदान

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ७:२१, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन्। आगामी पाँच वर्षका लागि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहान ७ बजे नै सापकोटाले मतदान गरेका हुन्। 

उनको सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट मतदान गरेका हुन्। सिन्धुपाल्चोकको कुविण्डेस्थित सेतीदेवी पन्चकन्या मा.विको मतदान केन्द्रबाट सापकोटाले मतदान गरेको उनको सचिवालयले जनाएको छ। 

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा माधव सापकोटा सुबोध उम्मेदवार छन्। उनका प्रतिस्पर्धी एमालेबाट सरेश नेपाल मैदानमा छन्।

निर्वाचनका लागि आयोगले सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर मतदान गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .